Rule 29
बालबालिकाको स्वास्थ्य
(१) बाल सुधार गृहले बाल सुधार गृहमा भर्ना भएको एक महिनाभित्र बालबालिकाको पूर्ण स्वास्थ्य परीक्षण गराउनु पर्नेछ । (२) उपनियम (१) बमोजिम स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले उपचारको सिफारिस गरेमा बाल सुधार गृहले चिकित्सकले सिफारिस गरेबमोजिमको उपचारको : व्यवस्था गराउनु पर्नेछ ।
(३) बाल सुधार गृहले बालबालिकाको उमेर र अवस्था अनुसार नियमित स्वास्थ्य परीक्षण गर्नु पर्नेछ ।
(४) बाल सुधार गृहमा भर्ना_ हुनु अगाडिको बालबालिकाको स्वास्थ्य विवरण बाल: सुधार गृहलाई उपलब्ध भएमा सो विवरणमा उल्लेख भएबमोजिम चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउनु पर्ने भए चिकित्सकलाई देखाई बाल सुधार गृहले आवश्यक औषधि उपचार गर्नु पर्नेछ ।
(५) उपनियम (१), (२), (३) र (४) बमोजिम उपचार गरेको विवरण सम्बन्धित बालबालिकाको व्यक्तिगत विवरणमा उल्लेख गर्नु पर्नेछ ।
(६) बाल सुधार गृहमा कुनै सरुवा रोगको सङ्क्रमण भएको आशङ्का भएमा बाल सुधार गृहले नजिकैको सरकारी अस्पताल वा चिकित्सकको सल्लाह अनुसार उपचारको व्यवस्था गर्नु पर्नेछ।
(७) बाल सुधार गृहले बालबालिकालाई अस्पताल भर्ना गर्नुपर्ने वा अस्पताल लैजान पर्ने भएमा अस्पताल पुच्याउने र ल्याउने तथा बिरामीसँग बस्ने कुरुवाको व्यवस्था मिलाउनु पर्नेछ । यसरी कुरुवाको व्यवस्था गर्दा बालिकाको हकमा महिला कुरुवाको व्यवस्था गर्नु पर्नेछ ।
(८) कुनै बालबालिका एचआईभी एड्स, हेपाटाईटिस जस्ता सरुवा रोगबाट सङ्क्रमित भएमा अरू बालबालिकालाई त्यस्ता सङ्क्रमणबाट जोगाउन बाल सुधार गृहले छुट्टाछुट्टै कोठामा राखी सुरक्षित गराउने व्यवस्था गर्नु पर्नेछ ।
(९) कुनै बालबालिकालाई उपनियम (८) बमोजिमका रोग लागेको भनी चिकित्सकबाट जानकारी प्राप्त भएमा प्रोवेशन अधिकारीमार्फत सम्बन्धित बाल अदालतलाई जानकारी गराई सुरक्षाका आवश्यक उपाय अवलम्बन :गर्ने व्यवस्था गर्नु पर्नेछ ।